अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता, २० वर्षे ‘अमेरिकी कारबाही अन्त्य’

संयुक्त राज्य अमेरिकाको सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्नो सेना फिर्ता गरेको छ ।
काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जेनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ ।
सेना फिर्ती अभियानको सुपरिवेक्षण गरेका जेनरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको बताए ।
अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनु परेको छ र दुई दशकमा २४ सय अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।