रोटरी क्लब, सवारी व्यवस्था र ‘ट्राफिक नियम’
जगन्नाथ गिरी
मैले लामो समय नेपाल प्रहरी सेवामा बिताएँ । सेवाबाट अवकाश (निवृत्तिभरण) पाएपछि सामाजिक कार्यमा संलग्न भए । त्यसक्रममा म विभिन्न संघसंस्थाहरुमा आबद्ध भएँ र नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा अन्तर्गत सेतीदेवी उपशाखाको कोषाध्यक्ष बनें । त्यसपछि धुलिखेल नगरपालिका वडा नं. ३ निवासी श्री विष्णुप्रसाद सापकोटासँग धुलिखेल टुडिखेल बचाउ अभियानमा मेरो सम्पर्क भयो । उहाँसँग धेरै सामाजिक कामहरु गर्ने तरिका सिक्ने मौका पाएँ । उहाँप्रति आभारी छु । उहाँकै प्रेरणाले रोटरी क्लबमा आबद्ध भएँ । रोटरी क्लबद्धारा वृक्षारोपण, दीन दुःखीलाई आवश्यक सहयोग, विद्यालयलाई समय अनुसारको सहयोग पनि रोटरी क्लबद्धारा गर्दै सामाजिक सेवा गर्ने विचारले स्थापना भएको क्लब रहेछ । यो अन्य संघसंस्थाहरुभन्दा भिन्न रहेछ । रोटरी क्लबको विश्वव्यापी उद्देश्य स्वार्थभन्दा माथि रहेर सामाजिक सेवामा योगदान पुर्याउने रहेको छ । स्वास्थ्य, शिक्षा, वातावरण, सरसफाई र दैवी प्रकोपको समयमा उद्धार, राहत र पुर्नस्थापना लगायत आवश्यक सहयोग जस्ता मानवीय न्युनतम आवश्यकतामा राष्ट्रिय एवं अन्र्तराष्ट्रिय सहयोगमार्फत सामाजिक सेवा पुर्याउन पहल गर्नु रोटरीको मुख्य उद्देश्य रहेको छ । मानिसका हरेक सुख दुःखमा मानिसकै सहयोग सर्वोपरि हो भन्ने प्रमाणित गर्न सकिन्छ भने विभिन्न प्रकारका भाइचारा, पारिवारिक सद्भाव, माया ममतामा बढिसे बढि ध्यान दिने कार्यक्रमहरुले जन्मसिद्ध नाता आफन्तभन्दा समकक्षी, साथीसँगी, इष्टमित्रहरु नजिकको र सहयोगी हुने रहेछन् भन्ने देखिन्छ । एकको लागि सबै, सबैको लागि एक भन्ने बुझाउँछ ।
सवारी चालकलाई केही महत्वपूणर् सुझाव
सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताब र सडक इजाजतपत्र सधैँ साथमा राखौं । मादक पदार्थ सेवन गरेर सवारी नचलाउनुहोस् । सधै ट्राफिक नियमको पालना गर्ने बानी बसालौ । हतारमा सवारी साधन कहिल्यै नचलाऔँ । अत्याधिक खुशी तथा तनावमा सवारी नचलाऔ । सडकमा ध्यान केन्द्रित गरेर सवारी साधन चलाऔँ । मोबाइल फोनको प्रयोग नगरौँ । आफुभन्दा अगाडिको सवारी साधनसँग ब्रेकिङ डिस्टेन्स कायम गरौँ । कुहिरो लागेको बेलामा फग लाइटको प्रयोग गरौँ । अन्य सवारी चालक तथा पदयात्रु प्रति आदर भाव राखौँ । साइरन बजाउँदै आएको दमकल, एम्बुलेन्स, प्रहरीको सवारी साधनलाई सधै प्राथमिकता दिऔँ । शाखा सडकबाट मेन रोडतर्फ अगाडि बढ्दा मेनरोडमा चलिरहेका सवारी साधनलाई प्राथमिकता दिने बानी बसालौ । दायाँ बाँया मोड्दा समयमा नै साइड लाइटको प्रयोग गरौँ । असुरक्षित स्थानमा ओभरटेक नगरौँ । सवारी साधन चलाउँदा कुनै पनि मानवीय अंग बाहिर ननिकालौ । सवारी साधन चलाउँदा बीच सडकमा रोकी अन्य सवारी चालकसँग कुरा नगरौँ । तीव्र गतिमा आएका सवारी साधनलाई उछिनेर जान सायमा नै संकेत दिऔँ । अनावश्यक हर्नको प्रयोग नगरौँ । मादक पदार्थ सेवन गरेर कहिले गाडि नचलाऊँ ।
सवारी दुर्घटना न्युनिकरण न त राज्यको प्राथमिकतामा छ, न त पर्याप्त सार्वजनिक बहन नै हुन्छ ।
काठमाडौं उपत्यकामा मात्र दैनिक साना, ठुला ३६ सवारी दुर्घटना भएका छन् ।
दैनिक ७ जनाले ज्यान गुमाएका छन् ।
गत आर्थिक वर्षमा भएको १३४२१ । यो तथ्यांक डरलाग्दो छ । यसलाई न्युनिकरण गर्नेतिर ध्यान बाधा अवरोध नपुग्ने गरी एकै ताँतीमा होसियारीपूर्वक हिडौँ ।
(लेखक २०६१ सालको उत्कृष्ट ट्राफिक प्रहरी हुनुहुन्छ)