अवसरवादी र समाजवादी स्पष्ट छुट्टिएको छ : लक्ष्मण लम्साल
काभ्रे । नेकपा (एकिकृत समाजवादी), काभ्रे जिल्ला कमिटिको पहिलो बैठक बिहिबार सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै सांसद लक्ष्मण लम्सालले अवसरवादी र समाजवादी स्पष्ट छुटिएको बताउनुभएको छ ।
सुर्य चिन्ह र नेकपा एमालेमा भ्रममा नपर्न समेत आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो – ‘हामीले जनतालाई नेकपा एमाले राम्रो पार्टि हो र सुर्य चिन्हमा भोट हाल्नुपर्छ भनेकोले सुर्य चिन्हमा भोट हालेका हुन् । बिकासप्रेमी, जनताको सुख दुखमा हामिले साथ दिएका छौ र त्यहि साथका कारणले नै हामीले जनतालाई जता भोट हाल भन्छौ त्यतै जनताले भोट हाल्नु भएको हो ।’