६ मंसिर २०८१, बिहिबार / Thu Nov 21, 2024

संखुवासभा हत्या प्रकरण : शव परीक्षण गर्न धरान लगियो


संखुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अज्ञात समूहले मादी नगरपालिका-१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या गरेको बताइएको छ ।
प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।
घटनास्थलमा अहिले प्रहरी नायब उपरीरक्षक भीम दाहालको कमाण्डमा रहेको अनुसन्धान टोलीले तालीमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली पनि घटनास्थलमै छ । हालसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न नसकेको प्रनाउ सुवेदीले जानकारी दिनुभयो । उक्त क्षेत्रका विभिन्न नाका सिल गरेर हत्यामा संलग्नको खोजी भइरहेको जिप्रकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि