४ मंसिर २०८१, मंगलबार / Tue Nov 19, 2024

परोपकार महिला साकोसको दशौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षयमा पुनः शर्मिला सापकोटा


दोलखा । जिल्लाको सदरमुकाम चरिकोटमा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लि. को १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
परोपकार महिला साकोसकी अध्यक्ष शर्मिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बागमति प्रोस्कुनका महासचिव तथा नेफ्स्कुनका सञ्चालक जिवसराज खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
साधरण सभामा संस्थाकी सचिव अप्सरा चौलागाईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष सिर्जना न्यौपानेले आर्थिक प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो ।
संस्थामा एक हजार ७ सय ५१ जना सेयर सदस्य आबद्ध रहेका छन् भने ३२७ जना बाल बचतकर्ता रहेका छन् । संस्थाले आफनो शेयर सदस्यहरुलाई विभिन्न बचत तथा ऋणका सेवाहरु प्रदान गर्दै आएको छ । संस्थाले समय समयमा विभिन्न सीपमुलक तालिम र मानव संशाधन नीतीमा भएको व्यवस्था अनुरुप सेवा सुविधा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा संस्थाले जेष्ठ सदस्य राजमाया श्रेष्ठ, उत्कृष्ट दैनिक ऋण कारोबार सदस्य रसिका श्रेष्ठ, उत्कृष्ट मासिक बचत कर्ता स्वस्थानी बुढाथोकी, उत्कृष्ट दैनिक बचत कर्ता जगतकुमारी श्रेष्ठ, उत्कृष्ट ऋणी राधिका पौडेल, बाल बचतकर्ता प्रज्ना बस्नेत र उत्कृष्ट कर्मचारी प्रमिला बस्नेतलाई नगदसहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बागमति प्रोस्कुनका महासचिव तथा नेफ्स्कुनका सञ्चालक जिवसराज खड्का, भिमेश्वर नगरपालिकाका सहकारी विभाग प्रमुख नारन सेडाई, अर्थभुमी साकोसकी सञ्चालक सदस्य रिता रिमाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


सञ्चालक समितिको आगामी ४ वर्षे कार्यकालका लागि भएको निर्वाचनमा शर्मिला सापकोटाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति निर्वाचित भएको छ । सञ्चालक समितिको उपाध्यक्षमा अप्सरा चौलागाई, सचिव कल्पना आचार्य, कोषाध्यक्षमा भवानी खड्का र ७ जना सदस्य निर्वाचित भएका छन् ।
त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिमा जानकी सापकोटाको संयोजकत्वमा ३ सदस्यीय लेखापरीक्षण समितिको सर्वसम्मत चयन भएको छ । निर्वाचन अधिकृत कृष्णप्रसाद दहालले निर्वाचित सबै पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि