२० मंसिर २०८२, शुक्रबार / Fri Dec 5, 2025

सर्वाेच्चमा नयाँ टुइष्ट : इजलासमा फर्किए सर्वाेच्च अदालतका ‘विद्रोही’ न्यायाधीश (हेर्नुहोस)


प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध ठूलो दबाव सिर्जना गरिरहेका सर्वाेच्च अदालतका न्यायाधीशहरू तीन हप्तापछि काममा फर्किन तयार भएका छन् ।
अधिकांश न्यायाधीशले जबराको राजीनामा लगायतका माग गर्दै मुद्दा हेर्न अस्वीकार गर्दै आएका थिए ।
तर मुद्दाको पेसी तोक्ने प्रधानन्यायाधीशको एकाधिकार तोड्नेगरी नयाँ विधि अपनाउने सहमतिसँगै उनीहरू इजलासमा फर्किन तयार भएका हुन् ।
आफूले उठाएका मुख्य दुई मागमध्ये एउटा तत्काल लागु गर्न प्रधानन्यायाधीश जबरा तयार भएपछि नयाँ परिस्थिति बनेको देखिन्छ ।
सुरुमा अटोमेशन भनिने स्वाचालित प्रणाली वा गोलाप्रथाद्वारा पेसी तोक्ने माग गर्दै आएका न्यायाधीशहरूले पछि प्रधानन्यायाधीशको राजीनामाको माग थपेका थिए ।
उक्त मागबारे प्रधानन्यायाधीश जबरालाई भेटेर उनीहरूले जानकारी गराए पनि औपचारिक रूपमा बाहिर बोलेका छैनन् ।
कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले समेत त्यही माग राख्दै आन्दोलन चर्काए पनि जबराले राजीनामा नदिने अडान देखाए ।
अघोषित बहिष्कार लम्बिएसँगै आलोचना खेप्न थालेपछि न्यायाधीशहरूले नयाँ विकल्पको बाटो रोजेका हुन् ।
पेसी तोक्ने नयाँ विधि सिफारिस गरिएको लगायतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन सधैँ तयार रहेको प्रधानन्यायाधीश जबराले विज्ञप्तिमार्फत जनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि