‘राप्रपा महाधिवेशन’मा पूर्वराजा ज्ञानेन्द्र शाहको चासो
काठमाडौं । नेपालको प्रमुख राजावादी मानिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबारे पूर्वराजा ज्ञानेन्द्र शाहको पनि चासो रहेको भन्ने चर्चाहरू चलिरहेका छन् ।
कतिपयले पूर्वराजा ज्ञानेन्द्र शाहले उक्त महाधिवेशनबाट चयन हुने नेतृत्वप्रति निकै चासो राखेको विश्लेषण गरिरहेका छन् ।
राजतन्त्रको पक्षमा उभिएको प्रमुख दल भएकाले राप्रपाको महाधिवेशनप्रति निर्मल निवासको चासो र चिन्ता दुवै रहेको भन्ने कतिपयको विश्लेषण छ ।
यद्यपि उनका सचिवले चाहिँ कुनै एउटा पार्टी विशेषबारे भन्दा पनि पूर्वराजाले समग्र देशको चिन्ता र चासो राखेको बताएका छन् ।