५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

लक्ष्मी महिला साकोसको आयोजनामा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला


काभ्रे । पनौतिको चौकोटमा केन्द्रीय कार्यालय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा प्रोबेसन बागमती क्लष्टर प्रथमको २७ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ ।
नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यशालामा साकोसका अध्यक्ष मैया महतको अध्यक्षतामा, धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार व्यञ्जु श्रेष्ठको प्रमुख आतिथ्यता, नेफ्स्कूनका सञ्चालक जिवसराज खड्काको विशेष आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि अशोक कुमार ब्यान्जुले अर्थतन्त्रको तिनओटा खम्बा मध्ये एउटा महत्पूर्ण खम्बा सहकारी रहेको बताउँदै सहकारीले सिमान्तकृत समुदायमा सेवा दिनुपर्ने बताए । उनले केही सहकारीहरु सहकारीको मुल्य, मान्यता र सिद्धान्त विपरित चलेको नचलेको बताउदै उनले अहिले सहकारीमा देखिएको समस्याको कारण सोही रहेको स्पष्ट पारे । उनले भने, “सहकारीको पहिलो काम ग्रामिण अर्थतन्त्रमा सुधार ल्याउनु हो । सहकारीहरु अरु जुनसुकै क्षेत्रमा जतिसुकै अब्वल भएपनि शुसासन कायम राख्न सकिएन भने संस्थामा जुनसुकै समयमा दुर्घटना हुनसक्छ ।” नगर प्रमुख श्रेष्ठले राज्य र केन्द्रीय तहका संघहरुले आपसी समझदारी कायमगरी सहकारीको अनुगमन गर्नुपर्ने, विश्व अर्थतन्त्रमा देखिएको परिवर्तनलाई विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थाबारे बुझ्दै सजग र सचेत रहनुपर्ने तथा संस्थाले पारदर्शि भएर सदस्यप्रति जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिए । अव सहकारीहरुले सदस्यहरुलाई गरिने लगानीलाई उद्यमशिलता विकासमा केन्द्रित गर्नुपर्ने बताउँदै उनले नेफ्स्कूनले संस्थाको गुणस्तरियता विकासमा सञ्चालनमा ल्याएका कार्यक्रमहरु निकै प्रशसनीय रहेको बताए ।
कार्यशालामा विशिष्ट अतिथि नेफ्स्कूनका सञ्चालक जिवसराज खड्काले नेफ्स्कूनले सञ्चालनमा ल्याएको गुणस्तर सुधारका कार्यक्रमहरुको बारेमा जानकारी गराएक थिए । संस्थामा सदस्यहरुले हामीलाई विश्वास गरेर गरेको वचत विभिन्न शीर्षकमा लगानी गरिरहेको र उक्त सदस्यको बचतको सुरक्षा गरिदिनु संस्थाका सञ्चालक समिति र व्यवस्थापनको पहिलो कार्य भएको उनको भनाई छ । भाखा नाघेको ऋणहरुको लागि आवश्यक जोखिम व्यवस्था र ऋण लगानीमा गुणस्तरियता कायम गर्नुपर्ने उनको भनाई थियो ।
कार्यशालाको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गरेका थिए भने नेफ्स्कून सूचना प्रविधि अधिकृत प्रविण अधिकारीले सूचना प्रविधि विकास र प्रयोग सम्बन्धी सहजीकरण गरेका थिए । कार्यशालामा ललितपुर काठमाडौं र काभ्रेका गरि ६ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ३५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि