बुडोल सामुदायिक साकोसले गर्यो ‘सम्पर्क व्यक्ति’ भेला कार्यक्रम

काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहि चारवटा सेवाकेन्द्रमार्फत सेवा प्रदान गर्दै आएको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ‘सम्पर्क व्यक्ति’ भेला कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा भएको कार्यक्रममा संस्थाका सह–सचिव तथा शिक्षा तथा प्रकाशन उपसमितका संयोजक प्रकाश भुर्तेल सभापति हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख व्यक्तित्वका रुपमा संस्थाका अध्यक्ष कैलाश के.सी. हुनुहुन्थ्यो ।
कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका सभापति प्रकाश भुर्तेलले राख्नुभएको थियो । प्रमुख व्यक्तित्वको मन्तव्य संस्थाका अध्यक्ष श्री कैलाश के.सी.ले राख्नुभएको थियो ।
संस्थाले सम्पर्क व्यक्तिहरुसँग अन्र्तक्रिया कार्यक्रम साथै सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो । पहिलो चरणमा अन्र्तक्रिया कार्यक्रम गरिएको थियो, अन्र्तक्रिया कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले सहजीकरण गर्नुभएको थियो । त्यस्तै दोस्रो चरणमा अन्र्तक्रिया साथसाथै क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा संस्थाका ५१ जना सम्पर्क व्यक्तिहरुको उपस्थिति रहेको थियो । त्यस्तै सञ्चालक समितिका पदाधिकारी, लेखा तथा सुपरिवेक्षण समितिका पदाधिकारी लगायत कर्मचारीको पनि उपस्थिति रहेको थियो ।






कार्यक्रम सञ्चालन संस्थाका कर्मचारी उमेश आचार्य र अनिता थापाले संयुक्त रुपमा गर्नुभएको थियो ।