२५ बैशाख २०८२, बिहिबार / Thu May 8, 2025

ग्लोबल मनि विकको सन्दर्भमा बुडोल सामुदायिकको आयोजनामा वित्तीय साक्षरता शिविर सम्पन्न


काभ्रे । बुडोल सामुदायिक साकोसले ग्लोबल मनि विकको तेश्रो दिन बनेपा न.पा. वडा नं. ४, करुणामय मन्दिर परिसर, नालामा “वित्तीय साक्षरता” कार्यक्रम सम्पन्न गरेको छ ।
‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं’ भन्ने नाराका साथ साताव्यापी रूपमा ग्लोबल मनि विक मनाइदै छ । साकोसले आयोजना गरेको उक्त कार्यक्रममा २६ जना स्थानीय सदस्यहरुको उपस्थिति रहेको बताइएको छ । कार्यक्रममा सदस्यहरुलाई पैसाको महत्व, व्यवस्थापन, पारिवारिक बजेट निर्माण तथा आम्दानी खर्चको लेखाजोखा राख्न र योजना अनुरुप खर्च व्यवस्थापन गर्न, साथै कस्ता सहकारीमा आफ्नो बचत सुरक्षित हुन्छन्, असल सहकारी कसरी पहिचान गर्ने, सहकारीको अवधारण, बचतको महत्व, पैसाको सुरक्षा लगायत बुडोल सामुदायिक साकोससंग सम्बन्धित विविध विषयमा संस्थाका ऋण अधिकृत उमेश आचार्यले जानकारी गराउनुभएको थियो । कार्यक्रममा सदस्य सेवा शाखा प्रमुख अनिता थापा, टुकुचा जागरण सेवाकेन्द्र प्रमुख दिनेश बाँस्कोटा र कर्मचारी सन्तोष घिमिरेको उपस्थिति रहेको थियो ।


बुडोल सामुदायिक साकोसले साताभर नै कार्यक्रम आयोजना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : mediaclubnepal2019@gmail.com
सामाजिक संजालमा हामि