१ आश्विन २०८२, बुधबार / Wed Sep 17, 2025

काभ्रेमा बैंक तथा वित्तिय सहकारी युनियन गठन


काभ्रे । आइतबार काभ्रेपलाञ्चोक जिल्लामा बैंक तथा वित्तिय सहकारी युनियन गठन गरिएको छ । बैंक तथा वित्तिय सहकारी युनियन केन्द्रिय महासचिव भैरव श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त भेलाले बैंक तथा वित्तिय सहकारी युनियन काभ्रेको अध्यक्षमा सन्तोष दाहाल उपाध्यक्षमा राजाराम घोरसाइने, सचिव सुन्दर गौतम, उप–सचिव सरोज मानन्धर र सदस्यहरुमा प्रमोद कुमार काफ्ले, रुपेश तिमल्सिना, अमित पराजुलीलाई चयन गरेको छ । कार्यक्रममा एमाले नेता निर्मल त्रिपाटी, सागर रायमाझि लगायतको उपस्थिती रहेको थियो । सहकारी तथा बैक क्षेत्रका कर्मचारीको मनोबल उच्च राख्न युनियन गठन गरिएको जानकारी अध्यक्ष सन्तोष दाहाल दिनुभयो । नवनिर्वाचित उपाध्यक्ष राजाराम घोरसाइनेले बैंक तथा वित्तिय संस्था, बिमा लगायतका कर्मचारी हक हितका विषयमा अब सशक्त रुपमा अगाडी बढ्ने मात्र नभई आर्थिक मन्दिको असर तल्लो तहका कर्मचारी लगायत सबैमा परेकोले यो समयमा कर्मचारीको सामाजिक सुरक्षा अब चुनौतीको रुपमा देखिएको कुरा मध्यनजर गर्दै संगठन विस्तार गर्दै सबै तह तप्काका कर्मचारीलाई जोडिएर सामाजिक न्यायको अभियानमा गोलबद्ध हुन आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : mediaclubnepal2019@gmail.com
सामाजिक संजालमा हामि