२८ भाद्र २०८१, शुक्रबार / Fri Sep 13, 2024

बुडोल सामुदायिक साकोसद्वारा एसईई उर्तिण विद्यार्थीहरुलाई सम्मान


काभ्रे । काभ्रेको बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले २०८० सालको एस.ई.ई. परीक्षामा सामेल भई उत्र्तीण हुने आफ्ना बाल बचतकर्ता सदस्यहरुलाई सम्मान गरेको छ ।
शनिबार बनेपाको चेतना केन्द्रमा आयोजित एक विशेष कार्यक्रममा १२३ जना बाल बचतकर्ताहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला प्रथम भएकी छात्रा स्मृति श्रेष्ठ, संस्थाका बाल बचतकर्ताहरुमध्ये उत्कृष्ट जि.पि.ए. हासिल गर्ने छात्रा सुस्मिता कुमारी शाही ठकुरी र उत्कृष्ट जि.पि.ए. हासिल गर्ने छात्र प्रज्ञान खड्कालाई खादा, मायाको चिनो, टेबल बत्ती, प्रसंशा पत्र र नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा यस वर्ष एस.ई.ई. उर्तिण भएका १२३ जना विद्यार्थीहरुलाई खादा, मायाको चिनो, टेबल बत्ती र प्रसंशा पत्रले सम्मान गरेको थियो । एस.ई.ई. उत्र्तीण हुनुहुने १५० जना बालबचतकर्ताहरुले संस्थामा नाम दर्ता गराएको संस्थाले जनाएको छ ।


संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक प्रकाश भुर्तेलको सभापतित्व र संस्थाका अध्यक्ष कैलाश के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संचालन शिक्षा तथा प्रकाशन उपसमिति सदस्य भवानी के.सी.ले गर्नुभएको थियो । कार्यक्रममा शिक्षा तथा प्रकाशन उपसमिति सदस्य गंगादेवी लुईटेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अतिथिहरु प्राध्यापक तथा शिक्षाविद् भोलाबहादुर के.सी., लेखा तथा सुपरिवेक्षण समितिका संयोजक पूर्णबहादुर कार्की, सहकारी अभियान्ता रामहरि के.सी., कान्छीमाया तामाङ फाउण्डेशन मार्फत सामाजिक क्रियाकलापमा सक्रिय व्यक्तित्व डा. दिलबहादुर तामाङ, जिल्ला बचत संघ, काभ्रेकी उपाध्यक्ष निर्मला श्रेष्ठ, नेपाल पत्रकार महासंघ, काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाको उपस्थिति रहेको थियो ।


संस्थामा बाल बचतकर्तादेखि नै आबद्ध भई हाल स्वास्थ्य क्षेत्रका समाजसेवी डा. दिलबहादुर तामाङले शुभकामना मन्तव्य राख्दै आफ्नो अनुभव र अनुभुति यसरी बताउनुभएको थियो – “बुडोल सामुदायिक साकोस पारिवारिक छहारी हो । मैले बाल सदस्यबाट खुत्रुकेमा बचत गरी सुरुवात गरेको थिए । मेरो भविष्य सुनिश्चित गर्नका लागि बुडोल सामुदायिक साकोसले महत्वपूर्ण भूमिका खेलेको छ । मैले चिनमा डाक्टर पढ्दै गर्दा बुडोल सामुदायिक सहकारीको ऋणले कलेजको शुल्क तिरेको छु । मेरी आमाको सडक दुर्घटनामा परी मृत्यु भएको थियो, त्यो बखत पनि संस्थाले समवेदना सहित राहात उपलब्ध गराएको थियो, त्यसै कारणले पनि बुडोल सामुदायिक सहकारी पारिवारिक छहारी हो ।”


साथै कार्यक्रममा संस्था अध्यक्ष कैलाश के.सी., प्राध्यापक तथा शिक्षाविद् भोलाबहादुर के.सी., नेपाल पत्रकार महासंघ, काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले शुभकामना मन्तव्य राख्नुभएको थियो । अन्त्यमा सभापति प्रकाश भुर्तेलज्यूले शुभकामना मन्तव्य र धन्यवाद ज्ञापन सहित सभा विसर्जन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि