२७ भाद्र २०८१, बिहिबार / Thu Sep 12, 2024

मिलिजुली कालिञ्चोक साकोसले मनायो ३२ औं स्थापना दिवस


दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि। ले आफ्नो ३२ औं स्थापना दिवस मनाएको छ ।
संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान र संस्थाका शेयर सदस्य लगाएत बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ । उक्त कार्यक्रम संस्थाका अध्यक्ष कृष्णबहादुर गौतमको अध्यक्षता, बागमती प्रोस्कूनका महासचिव जिवसराज खड्काको प्रमुख आतित्थ्यता, जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष देवीप्रसाद शर्मा, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष भूमिराज खड्का, नेपाल रेडक्रस सोसाईटी दोलखाका सभापति ईश्वरीप्रसाद दाहालको आतित्यथामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा स्वागत मन्तब्य संस्थाका निवर्तमान अध्यक्ष नारायणबहादुर श्रेष्ठले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका ब्यवस्थापक रमेश सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष, संरक्षक, सल्लाहकार, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, बिभिन्न उपसमिति, सम्मानीत सदस्य एवं बिभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि लगाएत अतिथिहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो । मन्तव्यको क्रममा वक्ताहरुले नीति, बिधि र प्रविधिलाई आत्मसाथ गर्दै सुशासनमा सञ्चालित सहकारी संस्थाहरु सदस्य सेवा उन्मुख भई सञ्चालित भईरहेको र आगामी दिनमा ऐन, नियमावली, संस्थाको विनियम र विभिन्न कार्यविधिहरुलाई आत्मसाथ गर्दै शेयर सदस्य सेवामा तल्लीन हुनुपर्ने कुरा बताउनुभयो । मन्तव्यका क्रममा सहकारी संस्थालाइ सुशासनमा सञ्चालन गर्नको लागि संघहरुले सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रममा सहभागि हुनुपर्ने तथा संस्थाको आकार नभई गुणस्तर विकास गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । मन्तव्यकै क्रममा नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापतिले रक्त संकलन तथा वितरण प्रक्रियाको बारेमा प्रष्ट्याउनु भएको थियो । स्थापना दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रममा १४ जना महिला र २१ जना पुरुष गरी ३५ जनाले रक्तदान गर्नुभयो ।


स्थापना दिवसको अवसरमा आ.व. २०८०/०८१ मा उत्कृष्ट डिजिटल कारोबार गर्ने शेयर सदस्य लगाएत अन्य कारोवारमा उत्कृष्ट शेयर सदस्य, पूर्व सञ्चालक, पूर्व लेखा सुपरिवेक्षण समिति, पत्रकार, बालबचतकर्ता, बर्ष उत्कृष्ट कर्मचारी लगाएतका बिभिन्न विधाहरुमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । संस्थामा आ.व. २०८१/०८२ श्रावण मसान्तसम्ममा कुल वासलात १ अर्ब २८ करोड ६५ लाख ९४ हजार २३१ रुपैया वासलात पुगेको छ भने २३,८६८ शेयर सदस्य र ८,३३६ बालबचतकर्ता आबद्ध हुनुभएको संस्थाका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि