२८ भाद्र २०८१, शुक्रबार / Fri Sep 13, 2024

बुडोल सामुदायिक साकोसका सुरक्षा सहयोगीहरुलाई क्षमता विकास तालिम


काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, जिल्ला कार्यसमिति, काभ्रेपलाञ्चोकको प्राविधिक सहयोगमा संस्थामा सुरक्षा सहयोगी पदमा कार्यरत कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यले तीन दिने सुरक्षा सहयोगीहरुको क्षमता विकास तालिम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कैलाश केसीले समुद्घाटन गर्नुभएको तालिममा संस्थामा सुरक्षा सहयोगी पदमा कार्यरत कर्मचारीहरु तथा पर्यवेक्षकको रुपमा सेवाकेन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो । तालिममा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य तथा बागमति प्रदेश संयोजक मोहन थापाले प्रशिक्षण दिनुभएको थियो ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, जिल्ला कार्यसमिति, काभ्रेपलाञ्चोकको संयोजक राजु सिग्देल र उपाध्यक्ष रामचन्द महतको समेत उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष कैलाश केसीले सहभागीहरुलाई सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएकोमा प्रमाणपत्र वितरण सहित तालिमको समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि