उपभोक्ता समितिको आश गर्नेहरु कम्युनिस्ट होइनन् : भीम रावल
भीम रावल, स्थायी कमिटि सदस्य (नेकपा)
उपभोक्ता समितिको आश गर्ने कार्यकर्ता कम्युनिस्ट हुन सक्दैनन् । लाभ लिने मानसिकता राखेर उपभोक्ता समितिको अध्यक्ष-सचिव हुने सोचको अन्त्य हुनुपर्दछ । अहिले नेकपालाई सुनौलो अवसर प्राप्त भएको छ, यो अवसर गुमाउने छुट नेकपासँग छैन । ७० वर्षपछि पाएको अवसरलाई सदुपयोग गर्न नसके नेकपाको पनि कांग्रेसकै हालमा पुग्नेछ ।
जनप्रतिनिधि जनताको आवाज सुन्ने, साझा हितको पक्षमा बोल्ने हुनुपर्छ । सत्ता र शक्तिमा पुगेपछि कार्यकर्ता, पार्टी सबै बिर्सिने र निजी स्वार्थमा सीमीत हुने रोग सल्कीन दिन हुन्न । नेकपासँग जनतकामाझ गरेका चुनावी बाचा पूरा गर्नुको विकल्प छैन ।
पार्टीमा जनवाद र केन्द्रीयता दुवै भूमिका हाबी हुने भएकोले त्यसलाई कार्यकर्ताहरुले आत्मसात गर्नुपर्छ ।
(नेकपा जिल्ला कमिटी बाजुराको सपथ ग्रहण समारोहमा भीम रावलले राखेको मन्तव्यको सम्पादिन अंश)