३१ भाद्र २०८१, सोमबार / Mon Sep 16, 2024

अध्यादेश ल्याउनु गलत : प्रवक्ता श्रेष्ठ


काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले मंगलबार ल्याएको अध्यादेश सार यसअघि जारी गरेर फिर्ता गरिएको अध्यादेश भएको जनाएका छन् । उनले मंगलबार आफ्नो फेसबुक पेजमार्फत अहिले सत्तारुढ दलको स्थायी कमिटी बैठक चलिरहेको र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आएका बेलामा प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत भएको बताएका छन् ।
‘तसर्थ अध्यादेश तत्काल फिर्ता हुनुपर्दछ’, उनले भनेका छन् । श्रेष्ठले अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानकारी नभएको पनि प्रस्ट पारेका छन् । आफ्नो नीजि विचार भन्दै उनले भोलीको स्थायी समिति बैठकमा छलफल होला भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि