परोपकार महिला साकोसको वित्तीय साक्षरता तथा सदस्यता शिविर कार्यक्रम सुरु
दोलाखा । परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत आ.व. २०७७÷०७८ को वित्तीय साक्षरता तथा सदस्य शिक्षा शिविर कार्यक्रम सुरु भएको छ ।
संस्थाले भीमेश्वर नगरपालिका वडा नं.–३ चरिघ्याङ्गमा बुधबार पहिलो वित्तीय साक्षारत ाकार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा संस्थाका २३ जना सदस्यहरुको सहभागीता रहेको थियो । आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरतामार्फत आम्दानी, खर्च, बचत, बजेटको निर्धारण र परिचालन तथा बिमाको महत्व, विप्रेषण सेवा लगायतका विषमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले जानकारी दिनुभयो । कार्यकमको सहजीकारण संस्थाकी अध्यक्ष शर्मिला सापकोटा र ऋणउप–समिति सदस्य कल्पना आचार्यले गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीले संस्थाले आफ्नो दैनिक जीवनमा यस किसिमको शिक्षाले ठूलो महत्व राख्ने रहेछ र अबकादिनमा सोही अनुरुप आम्दानी खर्चको बजेट बनाएर मात्र अघि बढ्ने तथा बिमा र विप्रेषण लगायतका शिक्षा र सहभागीता पनि अत्यन्त महत्वपूर्ण रहेको कुराहरु राख्दै खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाको सञ्चालक समिति सदस्य, शिक्षाउप–समिति संयोजक तथा अन्य उप–समितिका सदस्यको उपस्थिति रहेको थियो । बुधबार बाट सुरु भएको यो कार्यक्रम संस्थाको कार्यक्षेत्रका प्रत्येक वडामा विभिन्न मितिमा सञ्चालन हुने संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले जानकारी दिनुभएको छ ।