३ मंसिर २०८१, सोमबार / Mon Nov 18, 2024

जनसचेतन साकोसको कार्यक्षेत्र काठमाण्डौ, काभ्रे सहित पाँच जिल्लामा


दोलखा । दोलखामा रहेका जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र काठमाडौंसहित पाँच जिल्लामा बिस्ता गरेको छ ।
जनसचेतन साकोस, रसिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपा र मुनाल बचत तथा ऋण सहकारी संस्था आपसमा एकीकरण भएका छन् । अब जनसचेतन साकोसले दोलखा सहित पाँच जिल्ला राजधानी काठमाण्डौ, काभ्रेपलाञ्चोक र भक्तपुरको पुरै जिल्ला र ललितपुर जिल्लाको ललितपुर महानगरपालिका भरी कार्यक्षेत्र बनाई वचत र ऋणको कारोबार गर्न पाउने भएको संस्थाका प्रमुख कार्यकारी नवराज दहालले बताउनुभएको छ ।
संस्थाको मुख्य कार्यालय भने दोलखाकै बैत्यश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरी रहने छ ।
संस्था एकिकरण भए सँगै संस्थाको कुल पूँजी २ अरब पुगेको छ भने शेयर सदस्यहरुको सेवा सुविधा का लागि मध्यनजर गर्दै एकिकरण भएका संस्थाका कार्यालय र काउण्टर साबिक मै रहने र काठमाण्डौ उपत्यका मा थप तिन ओटा काउण्टर राखिने गरि भूमी ब्यवस्था तथा सहकारी मन्त्रालय बागमती प्रदेशबाट एकिकृत रुपमा काम गर्ने स्विकृत प्राप्त भईसकेकोले नयाँ आवबाट जनसचेतन साकोस कै नाम बाट कारोबार हुने दहालले बताउनुभयो ।
वि.सं. २०५० साल असोज २२ गते स्थापना भएको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले केही बर्षदेखी दोलखा जिल्ला भरी कार्यक्षेत्र बनाई कार्य गर्दै आएको थियो । एशियाली ऋण महासंघबाट २०६९ सालमा अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्डक पाएको थियो । २०७३ साल देखी सिल्भर स्तरको ब्राण्ड निरन्तर रुपमा पाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि