३ मंसिर २०८१, सोमबार / Mon Nov 18, 2024

जिल्ला सहकारी संघ, दोलखाको स्थापना दिवसमा सम्मान तथा पुरस्कारको घोषणा


दोलखा । जिल्ला सहकारी संघ, दोलखाले २९ औं स्थापना दिवसको अवसरमा संघमा आवद्वता रहेका संघ/संस्थाहरुलाई सम्मान तथा पुरस्कार घोषणा भएको छ ।
एक कार्यक्रममार्फत संघका उपाध्यक्ष देवीप्रसाद शर्माले उक्त घोषणा गर्नु भएको हो । सम्मान हुनेमा जिल्लाको उत्कृष्ट ब्यवस्थापक आन्नददायीक बहुउद्देश्ययि सहकारी संस्थाका ताराबहादुर बस्नेत, जिल्लाको उत्कृष्ट कर्मचारी पुरुषतर्फ जनमुखी बचत तथा ऋण सहकारी संस्थाका लेखा प्रमुख नकुल घिमिरे र महिलातर्फ मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाका लेखा सहायक ईन्दिरा दहाल उत्कृष्ट हुनुभएको छ । त्यस्तै संघमा उत्कृष्ट कारोबार गर्ने बैतेश्वर ५ मा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था, सहकारीमार्फत उत्कृष्ट व्यवसाय गर्ने भिमेश्वर बहुउद्देश्ययि सहकारी संस्था भएको छ ।
संघले पूर्व सञ्चालक सम्मानमा यस वर्ष दोलखा जिल्ला गौरीशंखर गाउँपालिकामा रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष र जिल्ला सहकारी संघका पूर्व सञ्चालक स्वः पुस्कर बहादुर खड्कालाई सम्मानित गर्ने भएको छ ।
संघले जिल्लाको उत्कृष्ट सहकारीकर्मी यस वर्ष जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका निर्वतमान अध्यक्ष, बागमती प्रदेश सहकारी संघका महासचिव भीमप्रसाद दहालाई सम्मान गर्ने भएको छ ।
संघले असली ऋण जुनतारा कृषि सहकारी संस्थालाई सम्मान गर्ने भएको छ । नियमित कारोबारतर्फ सिर्जना बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गर्न भएको छ । सञ्चारकर्मी तर्फ रेडियो शैलुङ्गका स्टेसन म्यानेजर विनिता शिवाकोटीलाई सम्मान गर्न भएको छ ।
जिल्लाको उत्कृष्ट महिला सहकारी संस्थामा परोपकार महिला बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गर्ने भएको छ । प्राविधिक सहयोग सयपत्री साकोसलाई प्रदान गर्ने निणर्य गरेको छ ।
सम्मान तथा पुरस्कार संघको १६ औं बार्षिक साधारणसभामा प्रदान गरिने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि