परोपकार महिला साकोसलाई ‘उत्कृष्ट महिला सहकारी’ सम्मान
दोलखा । जिल्ला सहकारी संघ, दोलखाबाट जिल्लाको ‘उत्कृष्ट महिला सहकारी’ सम्मान परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लि. ले पाउने भएको छ ।
जिल्ला सहकारी संघ, दोलखाले २९ औं स्थापना दिवसको अवसरमा संघमा आवद्वता रहेका संघ/संस्थाहरुलाई सम्मान तथा पुरस्कार घोषणा गरेको छ । सम्मान तथा पुरस्कार संघको १६ औं बार्षिक साधारणसभामा प्रदान गरिने संघले जनाएको छ ।
परोपकार महिला साकोसमा १७५६ जना शेयर सदस्य आबद्ध रहेका छन् । साथै ३६१ जना बाल बचतकर्ता आबद्व रहेका छन् ।
संस्थाको कूल पूँजी १२ करोड ३४ लाख २२ हजार १ सय ३५ पुगेको छ । संस्थाले सदस्यहरूलाई बचत तथा ऋणको अलवा सामाजिक उत्तर दायित्व वहन गर्दै विभिन्न सीपमूलक र सामाजिक कार्य गर्दै आएको छ ।
संस्थाले नेफ्सकुनबाट सञ्चालित जोखिममा आधारि साकोस सुपरिवेक्षण (ऋग्च्द्यक्) कार्यक्रममा सम्झौता गरि ब्राण्ड प्राप्त गर्न आफ्ना सूचकहरूलाई पूरा गराउदै लाने प्रयास गरिरहेको अध्यक्ष सापकोटाले बताउनुभयो ।