४ मंसिर २०८१, मंगलबार / Tue Nov 19, 2024

जनसचेतन साकोसको ४ वर्षे ‘रणनीतिक व्यवसायिक योजना’ निमार्ण सुरु


चरिकोट । दोलखा जिल्लाको बैतेश्वर ५ मा केन्द्रीय कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ४ वर्षे रणनीतिक व्यवसायिक योजना निमार्ण सुरू भएको छ ।
संस्थाको मुख्य कार्यालयमा संस्थाका अध्यक्ष हेमन्त चौलागाईंको अध्यक्षतामा सुरू भएको कार्यक्रममा बागमति प्रदेश सहकारी संघका महासचिव भीमप्रसाद दहालको प्रमुख आतिथ्यता रहेको छ ।

आजबाट सुरू भएको रणनीति योजना निमाणर् तीन दिन चल्ने छ । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालन भएको रणनीति योजना तर्जुमा नेफ्स्कुनका प्रशासन विभाग प्रमुख सञ्जय तिमिल्सिना, कार्यक्रम अधिकृत बल्भ तिमिल्सिना, कोमल राज अधिकारीले सहजिकरण गर्नुहुने छ ।
कार्यक्रममा प्रमुख अतिथि भिमप्रसाद दहालले संस्था सफल हुनका लागि सस्थाले आफ्नो योजना बनाई अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘साकोसले यो भन्दा अघि बनाएका पञ्च बर्षे योजनाहरुमासफलता प्राप्त गरेको छ । अब पनि अझ राम्रो सफलता हासिल गर्नेछ ।’
रणनीतिक योजना निमाणर्मा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण र उच्च व्यवस्थापन कर्मचारीहरूको सहभागिता रहेको छ ।
हाल साकोसको कुल वासालात २ अर्ब रहेको र १६ वटा सेवा केन्द रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि