२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

मनिप्लान्ट सेभिङको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ‘सदस्यलाइ १५ प्रतिशत लाभांश’


काठमाडौं । काठमाडौंको मीनभवनमा रहेको मनिप्लान्ट सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले सहकारी विभागले गत वर्ष जारी गरेको साधारणसभा सञ्चालन सम्बन्धी मार्गदर्शनलाई नै आधार मानेर साधारणसभा सम्पन्न गरेको हो ।
राष्ट्रिय सहकारी महासंघको सभाहलमा आयोजित सभा समापन कार्यक्रमको प्रमुख अतिथि महासंघका अध्यक्ष मीनराज कँडेल र विशिष्ट अतिथि नेफ्स्कुनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे रहेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष सुदर्शन प्रसाद पराजुलीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष पराजुलीले आ.व. २०७७।०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कोभिड १९ ले मानव स्वास्थ्यसहित आर्थिक, सामाजिक एवं साँस्कृतिक क्षेत्रमा नै संकट उत्पन्न गराएको अवस्थाका वावजुद समेत संस्थाको कारोबार सन्तोषजनक रहेको अध्यक्ष पराजुलीले बताए ।
संस्थाले विषम परिस्थितिमा पनि निरन्तर वित्तीय सेवा उपलब्ध गराउँदा संस्थामाथि सदस्यको विश्वास बढ्न गएको छ । संस्थाले सदस्यहरुलाई लकडाउन अवधिको हर्जानामा पूणर् र ब्याजमा १० प्रतिशत छुट गरेको जनाएको छ । ब्याज र हर्जानामा छुट दिँदा संस्थाको आम्दानीमा ४८ लाखले संकुचन आएको जनाएको छ ।

संस्थाले आ.व. २०७७।७८ को असार मसान्तसम्म १० करोड ८ लाख शेयरपुँजी, जगेडा कोषमा ४ करोड २६ लाख, अन्य कोषमा २ करोड ८५ लाख र जोखिम व्यवस्थापन कोषमा ३ करोड ९७ लाख पुर्‍याएको छ । त्यसैगरी ७६ करोड ५६ लाख बचत संकलन गरी १ अर्ब १० करोड ८४ लाख ऋण लगानी गरेको छ । संस्थाको कुल वासलात १ अर्ब २५ करोड ८ लाख पुगेको छ । संस्थाले शेयर लाभांश कोषबाट सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।
संस्थाले एकसातासम्म सदस्य उपस्थिति पुस्तिका खुल्ला गरी सदस्यहरुबाट प्राप्त रायसुझावलाई समेटेर विद्युतीय माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो । संस्थामा आबद्ध १ हजार ८ सय सदस्य मध्ये ७७१ अर्थात ७६.४९ प्रतिशतले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका छन् ।
संस्थाले सदस्य हित तथा सेवा कार्यक्रममार्फत सदस्यलाई उपचार खर्च, नवजात शिशु खाता र मृत्यु राहत कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले चालु आर्थिक वर्ष २०७८।०७९ देखि स्वास्थ्य उपचार, मृत्यु राहत र सुत्केरी सदस्य भेटघाटजस्ता शीर्षकमा दिइने रकममा वृद्धि गर्ने भएको छ ।
त्यसैगरी सदस्य वा निजका छोराछोरीले विद्यावारिधि गरेमा वा अधिकृत स्तरमा नाम निकालेमा साधारणसभामा विशेष सम्मान गर्ने, स्वास्थ्योपचार कर्जा बढिमा ६ महिनाका लागि निब्र्याजी उपलब्ध गराउने, कृषि पशुपालन, होटल, सुपथमुल्य पसल, क्याफे तथा पार्टी प्यालेस सञ्चालन गर्ने सदस्यहरुलाई परियोजना कर्जामा ब्याजदर र प्रक्रिया सहुलियत दिने भएको छ । संस्थाले मनिप्लाण्ट एमबैंकमार्फत दिँदै आएको मोबाइल र एसएमएस बैंकिङ सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने भएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि