‘युवा साकोसको २५ औं वार्षिकोत्सव’मा मानवकल्याण सेवा घरलाई सहयोग
काभ्रे । काभ्रेको बनेपामा रहेको युवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा धुलिखेलस्थित मानव कल्याण समाज (सेवा घर) लाई तेह्र हजार तीन सय पैँसठ्ठी रुपैयाँ सहयोग प्रदान गरेको छ ।
संस्थाको २५ औं वार्षिकोत्सवको अवसरमा कुनै औपचारिक कार्यक्रम नगरी त्यसवापत खर्च हुने रकम सेवा घरलाई प्रदान गरिएको संस्थाले जनाएको छ ।
सहयोग हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष उदयराम कायस्थले संस्थालाई २५ औँ वर्षसम्म ल्याउनका लागि साथ दिने शेयर सदस्य तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे ।
सचिव सरोज कुमार तिमल्सेनाले २५ वर्षको अवधिमा संस्थाले भोगेका आरोहअवरोहका बारेमा बताएका थिए । सञ्चालक समिति सदस्य देवकी आचार्यले संस्थालाई दीगो बनाउनका लागि सदस्यमैत्री बन्नुपर्नेमा जोड दिएकी थिइन् । उक्त कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उप समिति तथा कर्मचारीको उपस्थिति रहेको थियो ।
सोही अवसरमा मानव कल्याण समाज सेवा घर लाई पुनः प्रयोग योग्य लत्ताकपडाहरू समेत वितरण गरिएको थियो ।