२० मंसिर २०८२, शुक्रबार / Fri Dec 5, 2025

बिन्धबासिनी साकोसका प्रमुख कार्यकारी अधिकृत केबी लामालाई अन्तर्राष्ट्रिय सम्मान


काठमाडौं । एसियाली ऋण महासंघ (अक्कु) ले नेपालका दुई सहकारीकर्मीलाई पुरष्कृत गर्ने भएको छ ।
अक्कुको संचालक समितिको बैठकले बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत केबी लामालाई ‘आउटस्ट्याण्डिङ अवार्ड फर क्रेडिट युनियन एक्जेक्युटिभ’ ले पुरस्कृत गर्ने भएको छ ।
लामालाई अन्तर्राष्ट्रिय ऋण क्षेत्रको विकासमा पुर्याएको सहयोग, महासंघको विकास अभियान प्रति प्रतिवद्ध भई अक्कुको विकास र प्रवर्धन तथा आवश्यकता बमोजिमका स्रोतहरुको परिचालन गर्न योगदान पुर्याएकोमा अवार्ड प्रदान गर्न लागेको अक्कुले जनाएको छ ।
लेखा तथा सञ्चालन व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, वित्तीय समावेशितामा पुर्याएको योगदान, सिमान्तकृत समुदायहरुलाई आधुनिक डिजिटल प्रविधिको सेवा मार्फत वित्तीय पहुँचमा वृद्धि गरि सदस्यको जीवनस्तर उकास्न गरेको अतुलनीय क्षमतालाई मुल्याङकन गरिएको समेत अक्कुले उल्लेख गरेको छ ।
लामा लामो समय देखि बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि