नेपालमा कोभिड संक्रमण दर ह्वातै घट्यो, आइतबार ८ प्रतिशतमा मात्र संक्रमण (हेर्नुहोस)

काठमाडौं । नेपालमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएयताकै सबैभन्दा कम दैनिक सङ्क्रमण दर आइतवार देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपराह्न सार्वजनिक गरेको तथ्याङ्क अनुसार आइतबार परीक्षण गराएकामध्ये ८.२६ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ११,०१८ जनाको परीक्षण गर्दा ९११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्या शनिवारबाटै एक हजार तल झरेको थियो । शनिवार ९,८४० को परीक्षण गर्दा ९९४ जनामा संक्रमण देखिएको थियो ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लगातार चार दिनयता १० प्रतिशतको हाराहारीमा संक्रमण दर देखिएको छ ।
मेको दोस्रो साता उच्च बिन्दुमा पुगेर कम हुन थालेको सङ्क्रमण जुलाईको दोस्रो सातादेखि फेरि माथि उक्लिएको थियो ।