३ मंसिर २०८१, सोमबार / Mon Nov 18, 2024

ज्योति मिर्मिरे सामूहिक साकोसको २२ औं साधारण सभा सम्पन्न


काभ्रे । पनौती स्थित ज्योति मिर्मिरे सामूहिक साकोसको २२ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यता तथा नेफस्कूनका सञ्चालक एवं बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खडकाको विशेष आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।
”दिगो र उत्कृष्ट वित्तिय सहकारी“ को परिकल्पना गरी समुदायमा आधारित भएर संचालित ज्योति मिर्मिरे सामूहिक साकोस ०७८ आषाढ मसान्त सम्ममा आइपुग्दा पनौती, बनेपा, धुलिखेल ,पाँचखाल, मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकालाई कार्यक्षेत्र बनाइसकेको छ ।

संस्थाले हाल ११८५६ शेयर सदस्य तथा ९७७ बाल बचतकर्ता सदस्यहरु मार्र्फत करिव कूल ८६ करोड पूँजी संकलन गरी सेवा प्रदान गर्दै आएको संस्थाका कोषाध्यक्ष पूणर्राम तुलाधरले बताउनुभयो । सदस्य सेवालाई प्रतिस्पर्धी रअन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूणर् व्यवसायिक ढंगबाट संस्थाको कारोवार सञ्चालन भएको उहाँले बताउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भीम न्यौपानेले नेपालको अर्थतन्त्रमा सहकारीले पुर्‍याएको योगदानको चर्चा गर्दै अबका दिनमा सहकारीको ध्यान गरिबि निवारण, उत्पादनमा र सदस्यलाई आत्म निर्भर बनाउने विषयमा केन्द्रीत हुन पर्नेमा बताउनुभएको थियो । आत्मनिर्भरताका लागि सहकारीले महत्वपूणर् भूमिका निर्वाह गर्न सक्ने कुरा उल्लेख गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथिका जिवसराज खडकाले ज्योति मिर्मिरे सामूहिक साकोसले समूदायमा सदस्यको विश्वास जितेको भन्दै भविष्यमा समेत गुणस्तरीय सेवा प्रदान गरी अगाडी बढ्न सुझाव दिनु भएको थियो । यस संस्थाले विगत देखि नै समाजको आर्थिक सामाजिक र सांस्कृतिक पक्षको सकारात्मक परिवर्तनका लागि खेलेको भूमिको प्रशंसा गर्दै आगामि दिनमा अझै उर्जाशिल रुपमा काम गर्न आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
त्यस्तै अतिथिको आसनबाट बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले संस्थाले गरेका क्रियाकलापको प्रशंसा गर्नुभएको थियो । साथै जिल्लामा अब्बल संस्थाको रुपमा स्थापीत भई नमूना संस्थाको परिचय वनाउन शुभकामना व्यक्त गर्दै जिल्ला सहकारी संघ आवश्यक सहयोग गर्न तयार रहेको जानकारी गराउनुभयो ।
संस्थाका सचिव दिपकप्रसाद दाहालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहकारीमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गर्ने गरि स्थापित जे एम एस सहकारी अवार्ड २०७७ बाट राष्ट्रिय सहकारी बैकका अध्यक्ष श्री के.बि. उप्रेती, यसै गरी संस्थामा आवद्ध भएका सदस्यहरु मध्ये विशिष्ट स्थानमा पुग्न सफल सदस्यलाई प्रदान गर्ने गरी स्थापित विशिष्ट सदस्य अवार्ड २०७७ बाट संस्थाका सदस्य एवं नेफस्कूनका व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, उत्कृष्ट कर्मचारीमा विना श्रेष्ठलगायत संस्थाका उत्कृष्ट ऋणी, बचतकर्ता, बाल बचतकर्तासहित ३९ जना महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि