२० मंसिर २०८२, शुक्रबार / Fri Dec 5, 2025

आर्थिक विकास मित्र साकोसको १५ औं वार्षिक साधारण सभा सम्पन्न


काभ्रे । काभ्रेको पाँचखालमा केन्द्रीय कार्यालय रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष सरोज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला सहकारी संघ काभ्रेपलान्चोकका अध्यक्ष दिलिप शर्मा, बिशेष अतिथी पाँचखाल नगरपालिका सहकारी बिभाग प्रमुख पुष्कर ढकाल तथा अतिथीहरु काभ्रेपलाञ्चोक जिल्ला बचत संघका संचालक सदस्य सत्यवती भट्टराई, सिएमसी काभ्रेका अध्यक्ष विवेकराज ठकुरी, सस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार दामोदर अधिकारी, नगर सहकारी सन्जालका सचीव रामप्रसाद कोइराला लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सस्थाका सचिव नारायणप्रसाद ढुंगानाले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष राजन कार्कीले आर्थिक प्रतिवेदन, लेखा सुपरिबेक्षण संयोजक प्रभुराम कोइरालाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएका प्रतिवेदन उपर छलफल सहित पारित गरिएको छ ।
साधारण सभामा लेखा संयोजक प्रभुराम कोइरालाले आफ्नो पदबाट राजिनामा दिनुभएको थियो । कोइरालाको राजिनामालाई सभाले स्वीकृत गर्दै बाँकी कार्यकालका लागि लेखा सुपरिबेक्षण संयोजकको जिम्मेवारी बद्रीप्रसाद आचार्य लाई प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि