५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

सुन्दरबस्ती सकोसले कृषि क्षेत्रमा लगानी गर्ने


काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नं ४ सुन्दरबस्तीमा रहेको सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साकोसले कृषिमा सहयोग गर्ने ऋण सेवा सुरु गर्ने योजना अघि सारेको छ । १३ औं बार्षिक साधारण सभामा बोल्दै सहकारीका प्रमुख प्रबन्धक रोसन चौलागाईले सहकारीले बचत तथा ऋणको कारोबार मात्रै नभएर आउने दिनमा कृषि क्षेत्रमा लगानी गर्ने बताउनुभयो । नेपाल सरकारले अघि बढाएको योजना अनुसार कृषि क्षेत्रमा लगानी गर्ने चौलागाईले बताउनुभयो । उहाँले सहकारीले एक बर्षमा ११ लाख नाफा कमाउन सफल भएको र आगामी बर्ष ३१ लाख रुपियाँ मुनाफा कमाउने योजना बनाएको बताउनुभयो । सेयर सदस्यको संख्यामा बृद्धि गर्दै गुणात्मक विकासमा आफूहरुले भुमिका खेल्ने पनि चौलागाईंले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी पनौती वडा नं ४ का अध्यक्ष बुद्धसिं थापाले सहकारीले आफ्नो भवनबाट सेवा प्रदान गर्नु निक्कै सुखद भएको बताउनुभयो ।
सहकारी सानोहुँदासम्म सबैले राम्रो सहयोग पाउने भएपनि आकार बढेसँगै ठूला लगानी कर्तामा आकर्षण बढ्दा वास्तविक सेवाग्राहीले सुविधा नपाउने तर्फ सुन्दरबस्ती सहकारीले ध्यान दिनु पर्ने उहाँले बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै सहकारीविज्ञ एंव नेपाल सरकारका पूर्व विशिष्ट श्रेणीका कर्मचारी हरि बसिष्ठले सहकारीले समग्र विकासको प्रतिनिधित्व गर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले समेत सहकारीको विकास र विस्तारमा विशेष ध्यान दिन सकेमा सहकारीले समाजमा थप योगदान दिन सक्ने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मानबाट सृजना सुवेदी र शारदा हुँमागाईलाई नगद सहित सम्मान गरिएको थियो ।
सहकारीकी अध्यक्ष प्रमिला खड्काले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।
सोमबारबाट सुरु भएको सहकारीको साधारण सभा कोभिडलाई ध्यानमा राखेर असोज ८ गतेसम्म संचालन हुने बताइएको छ । सहकारीको साधारण सभामा पेश गरिएको पुस्तिकामा सहकारीले एक बर्षमा १७ करोड निक्षेप संकलन गरेको, २२ करोड लगानी गरेको विवरण उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि