१० मंसिर २०८१, सोमबार / Mon Nov 25, 2024

काठमाडौं उपत्यकामा सामुदायिक साकोसको दोस्रो सेवा केन्द्र


काठमाडौं । सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंमा दोस्रो सेवा केन्द्र स्थापना गरेको छ । काठमाडौंको नयाँ बानेश्वर स्थापना गरिएको उक्त सेवा केन्द्र असोज ९ गतेबाट औपचारिक कारोबार गरिने संस्थाले जनाएको छ ।
काठमाडौंमा साविकको पलाञ्चोक भगवती साकोसमा पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । यो सेवा केन्द्र थपिए सँगै संस्थाको सेवा केन्द्र १४ पुगेको छ ।
सामुदायिक साकोस नेपालको मात्र नभई एशियाकै उत्कृष्ठ संस्था हो । यो संस्था एशियाली ऋण महासंघले सञ्चालन गरेको एशियाली स्तरको गुणस्तर सुनिश्चित कार्यक्रम (एक्सेस) मा सन् २००८ देखि आवद्ध छ । २०१२ देखि कास्य ब्राण्ड पाउन सफल संस्था २०१७ देखि रजत ब्राण्ड प्राप्त गर्न सफल छ ।
२०५१ माघ १४ गते ४१ जना सदस्यबाट सुरु भएको यस संस्था २०७८ असार मसान्तसम्म आईपुग्दा ३१ हजार २ सय ७६ जना सदस्य पुगेको छ । ३२ हजार ५ सयबाट सुरु भएको संस्था ३ अर्ब ३ करोडभन्दा बढी पुगेको छ ।
संस्थाको मुख्य कार्यलयबाट ७ सय ३४ र सेवा केन्द्रहरुबाट २ सय १४ गरी कुल ९ सय ४८ वटा समुहहरु गठन भई सहभागितात्मक समूह परिचालन कार्यक्रम संस्थाले सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि