१४ आश्विन २०८३, बुधबार / Wed Sep 30, 2026

सामुदायिक साकोसको १४ औं सेवा केन्द्र बानेश्वरमा स्थापना


काठमाडौं । काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले १४ औं सेवा केन्द्र काठमाडौंको नयाँ बानेश्वरमा स्थापना गरेको छ । संस्थाको यो काठमाडौंमा दोस्रो सेवा केन्द्र हो ।
शनिबार विशेष कार्यक्रमको बीच सेवा केन्द्रको उद्घाटन बागमती प्रदेश सहकारी रजिष्ट्रार बिक्रम पाण्डेयले गर्नुभएको हो । संस्थाका अध्यक्ष प्रकाश बञ्जाराको अध्यक्षतामा भएको सेवा केन्द्र उद्घाटन कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरु, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा लगायत सञ्चालक समिति, लेखा समिति, कर्मचारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।
३ अर्ब २८ करोड कुल वासलात संस्थाको जगेडा कोषमा २३ करोड रहेको संस्थाका अध्यक्ष प्रकाश बन्जाराले बताउनुभयो । संस्थामा ४० हजार सदस्यको ३० करोड सेयर पुँजी रहेको छ ।
संस्थाले ५ वटा थप सेवा केन्द्र सञ्चालन गर्ने उद्देश्य रहेको समेत अध्यक्ष बञ्जाराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि