बुडोल सामुदायिक साकोसको २२ औं वार्षिक साधारण सभा सम्पन्न, १४.४२ % लाभांश स्विकृत
काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कैलाश के.सी.को सभाध्यक्षतामा होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको हो ।
संस्थाकी कर्मचारी कृष्टिना श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले उपस्थित व्यक्तिहरुलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो । सभा समक्ष संस्थाका सचिव जयराम थापाले आर्थिक वर्ष ०७७।०७८ को प्रगति प्रतिवेदन, कोषाध्यक्ष राधेश्याम के.सी.ले आ.व. ०७७।०७८ को आर्थिक प्रतिवेदन र आ.व.०७८।०७९ को वार्षिक कार्ययोजना तथा बजेट प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी लेखा सुपरिवेक्षण समितिको तर्फबाट सदस्य सन्तोष आचार्यले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक वर्ष ०७७।०७८ को अन्त्यमा संस्थाको कुल सम्पत्ति रु.१,४५,१४,००,८४०।७७, बचत संकलन रु.१,१६,२०,७७,९६९।८२, शेयर पूँजी रु.१३,०२,५२,५००।-, लगानीमा रहेको ऋण रु.१,०२,१२,१९,७८८।४३, संस्थागत पूँजी रु. १०,०२,७२,६४७।९८ र संचालन मूनाफा रु.४,९८,१९,५५१।८१ रहेको छ ।
सभाले सदस्यहरुलाई १४.४२ प्रतिशतका दरले शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ४ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ऋणमा तिरेको ब्याजको ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निणर्य गरेको छ ।
सभा समक्ष प्रमुख सल्लाहकार एवम् निवर्तमान अध्यक्ष रामहरि के.सी., सल्लाहकार प्राध्यापक भोलाबहादुर के.सी., सल्लाहकार अधिवक्ता नवराज बडाल र सल्लाहकार भैरव के.सी.ले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा सदस्यहरुबाट उठेका जिज्ञासा र सल्लाह सुझावहरुलाई सम्वोधन गर्दै सभाध्यक्ष कैलाश के.सी.ले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।