उग्रतिर्थ साकोसको १२ औं साधारण सभा सम्पन्न
काभ्रे – बनेपामा रहेको उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लि. को १२ औँ साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष माहोन गजुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले समग्र सहकारी क्षेत्रमा देखिएका समस्यालाई समाधानका लागि निति निर्माण गर्न आफूले पहल गर्ने बताउनुभयो ।
संस्थाका सचिव शान्तमणी रिजालले आर्थिक वर्ष २०७७/०७८को वार्षिक साधारण सभा प्रस्तुत गर्नुको साथै कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, सेयर सदस्य लगायत उपस्थित सम्पूणर्लाई स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारी सबिना थापा र सबिता चित्रकारलाई पुरस्कृत गरिएको थियो भने संस्थाको संचालक समितिका सचिव शान्तमाणी रिजाललाई गोल्ड मेडलद्वारा सम्मानित गरिएको थियो ।
युवा व्यवसायी, समाजसेवी तथा दि ग्राण्ड गुण्डु रिसोर्ट भक्तपुरका अध्यक्ष विज्ञान राई, नेपाल सरकारका पूर्व उप-सचिव तथा सहकारी विज्ञ हरि वशिष्ठ, कोपोरेटिभ म्यानेजर क्लब (सिएमसी)काभ्रे का अध्यक्ष बिबेकराज ठकुरी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारण सभामा सदस्यहरुबाट उठेका जिज्ञासा र सल्लाह सुझावहरुलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष तथा सभापति मोहन गजुरेलले श्रम गरेर खानेहरुको संकलन गर्ने र व्यापार व्यवसाय गर्नेहरुको प्रर्बद्धन गर्न संस्थाले जोड दिएको बताउनुभएको थियो ।