४ मंसिर २०८१, मंगलबार / Tue Nov 19, 2024

हाम्रो जनकल्याण साकोसको ईकाइगत साधारणसभा जारी, समापन २१ गते हुने


दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभाका कार्यक्रमहरु जारी छन् । संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षता र भिमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यता साधारण सभा शुभारम्भ तथा वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
शुभारम्भ कार्यक्रममा सचिव मानबहादुर केसीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष अर्जुन कार्कीले वार्षिक कार्यक्रम तथा बजेट सहित बाह्यल लेखा परीक्षण प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक भरत प्रसाद खतिवडाले लेसुस को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए ।

संस्थाले असोज १० गतेदेखि १३ गतेसम्म विभिन्न स्थानमा इकाईगत/क्षेत्रगत साधारण सभा गरी असोज २१ गते छानिएका प्रतिनिधिहरुको उपस्थितिमा अन्तिम छलफल तथा निणर्य प्रमाणित गरी वार्षिक साधारण सभा सम्पन्न गर्ने तयारी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि