समय साकोसको आठौं वार्षिक साधारण सभा सम्पन्न
काभ्रे । बनेपामा रहेको समय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भिम बास्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा सेयर सदस्य तथा अतिथिहरुसहित ६०७ जनाको उपस्थिती रहेको थियो ।
संस्थाका अध्यक्ष बाँस्कोटाले आर्थिक बर्ष ०७७/०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो साथै आगामी आर्थिक बर्ष ०७८ /०७९ को लक्ष्य, कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक बर्ष ०७७ /०७८ सम्ममा संस्थाको निक्षेप १० करोड ५८ लाख ९४ हजार १४१ रुपैँया भएकोमा गत बर्षको निक्षेप संकलन ३ करोड ४८ लाख,६० लाख गरकोमा सदस्यहरुमा कर्जा ९ करोड ४७ लाख प्रबाह गरेको बताएको छ । चालू आर्थिक वर्ष भित्रमा संस्थाको निक्षेप ३ करोड, सेयर पूँजि ५० लाख थप गरि कर्जा ११ करोड ५० लाख पुर्याउने लक्ष्य लिएको जानकारी गरएका थिए ।
संस्थाका सेयर सदस्यहरुले संस्थाप्रति राखेको जिज्ञासालाई प्रष्ट पार्दै सहजीकरण समेत गरेक थिए । आगामी दिनहरुमा पनि सदस्यको साथ सहयोगको अपेक्षा गर्दै अध्यक्ष बाँस्कोटाले समय बचत तथा ऋण सहकारी सस्था कसैको एकल नभएर तपाईं सेयर सदस्यकै भएको र बचत गर्न कुनै आलटाल नगर्न आफ्ना सदस्यलाइ अनुरोध समेत गरेका थिए ।
कार्यक्रममा संस्थाका कार्य समिति सचिव हुद्धराज तिमल्सिनाले स्वागत मन्तब्य राखेका थिए।