प्रभु साकोसको १२ औं साधारण सभा सम्पन्न
काभ्रे । बनेपामा रहेको प्रभु बचत तथा ऋण सहकारी संस्था लि. को बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बिहिबार एक विशेष कार्यक्रमका बीच स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको संस्थाले जनाएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।