३ मंसिर २०८१, सोमबार / Mon Nov 18, 2024

आयाम साकोसको १२ औं साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः नवराज घोरसाइने


बनेपा । बनेपामा केन्द्रीय कार्यालय रहेको आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको कुल शेयर पूँजी १ करोड २५ लाख ५१ हजार आठ सय रहेको छ । संस्थाको कुल कारोबार १५ करोड ३८ लाख १६ हजार ७८७ रहेको छ ।संस्थाले आ.व. २०७७/७८ मा ३०५ जना शेयर सदस्यलाई ऋण लगानी गरेको बताएको छ । संस्थाको आ.व. २०७७/७८ मा सम्पत्ती वृद्धि ४५ दशमलब ९३ प्रतिशतले भएको छ ।
साकोसले बनेपा, पाँचखाल र नमोबुद्धबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा दिँदै आएको छ । साधारण सभा असोज १३ गतेदेखि १६ गते सञ्चालन गरिएको थियो ।
सभाले संस्थाको अध्यक्षमा नवराज घोरसाईने, उपाध्यक्ष श्याम थापा, सचिव डम्बरबहादुर लम्साल, कोषाध्यक्षमा सुनिल चौलागाई, सदस्यरुमा सम्झना थापा, रशिला थापा, देवनारायण तिमल्सिना साथै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा बिनोद बजगाँई, सदस्यहश्रमा अनुमिका पाण्डे, विष्णुप्रसाद नराल निर्वाचित हुनुभएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ । सरस्वती पुजाको दिन बाल सदस्यहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको थियो । संस्थाको बाह्रौ बार्षिक उत्सवको अवसरमा पलाञ्चोक भगवतीको मन्दिर सरसफाई गरि ६ वटा डस्विन उपलब्ध गराएको थियो । गत आर्थिक बर्षमा ३२ जनालाई राहत सुबिधा प्रदान गरेको थियो, मृत्यु राहत २ जनालाई, पारिवारिक मृत्यु समवेदना राहत ५ जनालाई, सदस्य सुत्केरी राहत १२ जनालाई, सदस्य सुत्केरी राहत (शल्यक्रिया) ५ जनालाई, सदस्य स्वास्थ्य उपचार राहत ५ जनालाई, सदस्य स्वास्थ्य शल्यक्रिया उपचार राहत ३ जनालाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि