बुडोल सामुदायिक साकोसद्वारा एक लाख सहयोग हस्तान्तरण
काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रम आयोजना गरी संस्थामा आवद्ध धुलिखेल न.पा. वडा नं. १०, शारदाबतासे निवासी कमला थापाको परिवारलाई १ लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ ।
संस्थाको धुलिखेल सेवा केन्द्र कार्यालयमा आबद्ध सदस्य गत जेठ १ गते दुर्घटनामा परी स्थायी रुपमा अशक्त हुनुभएको थियो । संस्थाको आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत उक्त रकम धुलिखेल नगरपालिका वडा १० का वडाअध्यक्ष पुष्पराज राउत र संस्थाका कोषाध्यक्ष राधेश्याम के.सी.ले सदस्यको पति समुन्द्र कार्कीलाई हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण कार्यक्रममा संस्थाको तर्फबाट संचालक सदस्य गायत्री खड्का, कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्री, सदस्य सेवा विभाग प्रमुख दिपेन्द्र राउत र धुलिखेल सेवाकेन्द्र कार्यालय प्रमुख कृृष्टिना श्रेष्ठको सहभागिता रहेको थियो ।
संस्थाले आर्थिक सुरक्षा कार्यक्रममार्फत आफ्ना सदस्यहरुलाई १ लाख बराबरको दुर्घटना बीमा, ३० हजार बराबरको मृत्यु राहत सहयोग, २० हजार बराबरको जटिल रोग उपचार सहयोग, ६ हजार बराबरको मातृत्व सुरक्षा सहयोग, २० हजार बराबरको दुर्घटना तथा प्राकृतिक प्रकोप सहयोग उपलब्ध गराउँदै आएको छ ।