१६ मंसिर २०८२, सोमबार / Mon Dec 1, 2025

अग्नी साकोसको १२ औं वार्षिक साधारण सभामा सम्मान


काभ्रे । बनेपामा केन्द्रीय कार्यालय रहेको अग्नी बचत तथा ऋण सहकारी संस्थाले १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारणसभाको अवसरमा ६ जना जेष्ठ नागरिक सदस्यलाई सम्मान गरेको छ । साधारणसभाको अवसरमा बनेपास्थित कार्यालयमा शिवलाल मानन्धर, पूर्णप्रसाद मानन्धर र कृष्णबहादुर तामाङ र पाँचखाल सेवा केन्द्रमा हरिबहादुर दनुवार, बावुराम सार्की र हरिबहादुर श्रेष्ठलाई सम्मान गरिएको संस्थाका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
कार्तिक ४ र ५ गते चलेको साधारणसभा जेष्ठ सदस्य शिवलाल मानन्धरले उद्घाटन गरेका थिए । कार्यक्रममा उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाका सचिव शान्तमणि रिजाल, सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक रोशन चौलागाई, अग्नी बचत तथा ऋण सहकारी संस्थाका सचिव शिव केसी लगायत अतिथी, शेयर सदस्यको उपस्थिती थियो ।
यो बर्ष ५९ करोडको कारोबार गरेको सहकारी संस्थाको शेयर पूँजी ३ करोड ९३ लाख छ । ४६ करोड ४३ लाख ऋण लगानी गरेको प्रमुख कार्यकारी अधिकृत राहुल चौप्रधानले जानकारी दिए ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै कोरोना महामारीको समयमा बनेपा, पनौती, धुलिखेल, पाँचखाल लगायतका स्थानीय तहमा खाद्यान, स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि