४ मंसिर २०८१, मंगलबार / Tue Nov 19, 2024

मिलिजुली कालिञ्चोक साकोसको २८ औं वार्षिक साधारण सभा सम्पन्न


चरिकोट । दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा केन्द्रीय कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २८ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाको अध्यक्ष नारायणबहादुर श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभा समापन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक सदस्य एवं राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.बि. उप्रेती प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यस्तै जिल्ला सहकारी संघ लि. का अध्यक्ष हेमन्त चौलागाई लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।
संस्थाले संघिय सहकारी बिभागले जारी गरेको सहकारी संस्थाको साधारणसभा (कार्य ब्यवस्था) निर्देशिका २०७६ बमोजीम आफ्नो २८ औं बार्षिक साधारणसभा सञ्चालन गर्दै सम्पन्न गरेको हो । संस्थाले २०७८ साल कार्तिक १ गते सोमबार बिहान ८ बजे बाट जिल्लाका स्थानिय एफ.एम. र संस्थाको फेसबुक पेज बाट आ.व. २०७७।०७८ को बार्षिक प्रगति प्रतिवेदन वाचनको लाईभ कार्यक्रम गर्दै संस्थाको २८ औं बार्षिक साधारणसभाको सुरुवात गरेको थियो ।


संस्थाले आफ्नो कार्यक्षेत्रलाई दुई एकाईमा बिभाजन गरी एकाईगत साधारणसभा अन्तर्गत २०७८ साल कार्तिक ४ गते पहिलो एकाईको र २०७८ साल कार्तिक ६ गते दोस्रो एकाईको बार्षिक साधारणसभा गरेको थियो । उक्त एकाईहरु बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु संलग्न साधारण सभा समापन सभामा साधारणसभाको निर्णय पुस्तिका प्रमाणित गरिएको संस्थाले बताएको छ ।
यस समापन कार्यक्रममा संस्थाको २०७८ साल भाद्र ७ गते परेको २९ औं स्थापना दिवसको अवसरमा घोषणा गरिएका सम्मान तथा प्रशंसा पत्र वितरण गरीएको थियो । सम्मानका बिधाहरुमा पुर्व सञ्चालक, पुर्व लेखासुपरीवेक्षण समिति, योगदानकर्ता, पत्रकार, एफ.एम. रेडियो, उत्कृष्ट बालबचत कर्ता, बर्ष उत्कृष्ट कारोबार, उत्कृष्ट दैनिक तथा मासिक बचतकर्ता, बढी शेयर खदिरकर्ता, उद्यमी (महिला, पुरुष), जेष्ठ शेयर सदस्य (महिला, पुरुष), शारिरिक अशक्त, आठ वटा सेवा केन्द्रमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, दैनिक तथा मासिक नियमित ऋण, पुर्व कर्मचारी सम्मान लगायत बर्ष उत्कृष्ट कर्मचारी, सेवाकेन्द्र उत्कृष्ट कर्मचारी र उत्कृष्ट सेवाकेन्द्र लाई प्रशंसा पत्र वितरण गरिएको थियो ।
संस्थाले आ.व. २०७७।०७८ मा संस्थामा भएको सदस्य सेवाको लागि व्यवसायिक मानव संशाधन, सदस्य राहात कार्यक्रम, जेष्ठ शेयर सदस्य भत्ता कार्यक्रम, प्रविधि तथा मुस्कान सहितको वित्तिय सेवा प्रवाह, सबै सहकारी संस्थाले अनुसरण गर्नु पर्ने नेतृत्व पुर्व तालीम कार्यक्रम, शेयर सदस्य बिमा कार्यक्रम, स्वास्थ्य शिविर कार्यक्रम, सुत्केरी सहयोग कार्यक्रम, सियुलेग कार्यक्रमलाई महत्वपुर्ण कार्यक्रमको रुपमा लिएको संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताउनु भयो ।
आर्थिक बर्ष २०७७।०७८ सम्ममा कुल शेयर सदस्य २२,८८२, कुल बाल बचतकर्ता ८,८०४ गरी जम्मा ३१,६८६ जना बचतकर्ताहरु संस्थामा आबद्ध भएका छन् । आर्थिक बर्ष २०७७÷०७८ मा संस्थाको कुल पूँजी रु. १,२१,९७,१९,६२४।– पुगेको छ । संस्थाले संघिय सहकारी ऐन २०७४ को परिच्छेद १२ दफा ७४ बमोजीम नेपाल एकाउन्टीङ्ग स्टयाण्डर्ड बोर्डले तोकेको र आईक्यानले लागु गरेको एनएफआरए बिधिबाट आर्थिक बर्ष २०७७।०७८ को लेखा परीक्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि