२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

नवजागरण साकोसको २३ औं वार्षिक साधारण सभा सम्पन्न


रामेछाप । मन्थलीमा केन्द्रीय कार्यालय रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्तिक ५ गते देखि १२ गते सम्म एकाई भेला सम्पन्न भएपछि १३ गते औपचारिक रुपमा कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सोमेश थापाले गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष दिपक कुमार क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सचिव सोमेश थापाले वार्षिक प्रगति प्रतिवेदन र आगामी कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष नारायण बहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको ५३ करोड सम्पति रहेको र गत आ.ब. मा १ करोड ३९ लाख नाफा गर्न सफल रहेको बताउनुभएको थियो । लेखा समितिको तर्फबाट संयोजक तारानिधि सुबेदीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि नगर प्रमुख रमेश कुमार बस्नेतले नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सस्थाको कार्यक्षेत्र विस्तारका लागि गुणस्तरिय एकिकरणमा अगुवाई गरि एकिकरणलाई निरन्तरता दिन सुझाव दिदै सहकारी मार्फत उद्यमशीलतालाई प्राथमिकता दिन र एक सदस्य एक सहकारी व्यवस्था कार्यन्वयन गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा शेयर सदस्य कृष्णबहादुर थापाले संस्थाले सवै वर्गलाई समेट्न सक्नु, सबै शेयर सदस्यहरुमा छिटो छरितो सेवा दिन सक्नु, कर्मचारीहरुको शिष्टता, विज्ञता कारण संस्था एक अब्बल तथा सबल हुन सकेकोमा प्रसंशा गर्नुभएको थियो । साथै रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब घिमिरे, जिल्ला बचत संघका अध्यक्ष जेएन दाहाल, जिल्ला सहकारी संघबाट हिमाल ढुंगेल, कृषि सहकारी संघबाट कुमार श्रेष्ठ, पत्रकार महासंघवाट कैलाश खत्री, प्रेस चौतारीबाट बिफा घिसिङ, पत्रकार नबराज पथिक लगाएतले सहकारी सम्बन्धि आफ्नो धारण राख्नुभएको थियो ।
उक्त साधारण सभामा अध्यक्ष श्याम थापाले २ बर्ष देखी प्रोबेसन बाण्ड प्राप्त गर्न सफल भएको र हाल एक्सेस कार्यक्रममा सहभागी रहेको जानकारी गराउनु भएको थियो । संस्थाका शेयर सदस्यहरुको किर्याशिल सक्षमताको कारणले आज आएर मन्थलीमा साढे ४ तल्ले भवन निर्माण गरि सोही भवनबाट कार्यलय सञ्चालन गरी सोही भवनमा २३ औं बार्षिक साधारण सभा गर्न सफल भएको जानकारी गराउनुभएको थियो । संस्थाले छिटो सजिलो र चाँडो सेवाको निम्ति चालु आवमै लिखुतामाकोसी गा.पा. ३ धोबीमा सेवा केन्द्र खोलिएको र चाडै मन्थलीको बसपार्कमा एटिएम संचालनमा ल्याउने बताउनुभयो । गत बर्षको नाफा बाट शेयरमा १०% बोनस दिने र संरिक्षत पुजी फिर्ता कोषबाट असल ऋण कारोबार गर्ने ऋणी सदस्यहरुलाई ६० % र बचत कारोबार गर्ने सदस्यहरुलाई ४० % उक्त कोषबाट बितरण गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा ४ जना जेष्ठ सदस्हरुलाई सम्मान, ३० जनालाई उत्कृष्ट सदस्य सम्मान र ४० जना शेयर सदस्यका छोरा छोरीहरुलाई कपी कलम लगाएत स्टेशनरी सामाग्री वितरण गरिएको थियो । हालसम्म सस्थामा १२ जना कर्मचारी २ जना सेक्युरिटि गार्ड कार्यरत रहेका छन भने सस्थाको सदस्य सङ्ख्या ७००० माथि रहेको संस्थाका व्यबस्थापक रमेश कुमार उदाशले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि