नेफ्स्कूनको सिईओमा ‘प्रकाशप्रसाद पोखरेल’ नियुक्त
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा प्रकाश प्रसाद पोखरेल नियुक्त हुनुभएको छ । आज एक कार्यक्रमका बीच पोखरेललाई नेफ्स्कून बोर्डले नियुक्त गरेको हो । पोखरेललाई नेफ्स्कूनको ३०० औं बोर्ड बैठकले सिईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
संघका अध्यक्ष परितोष पौड्याल, सञ्चालकहरु रिना आचार्य, यज्ञप्रसाद ढकाल, घनश्याम अधिकारी, न्हुछे नारायण श्रेष्ठ र मन्दरा मिश्र समेतको उपस्थितिमा एक कार्यक्रमको बीच पोखरेललाई नियुक्ति पत्र हस्तान्तरण गरिएको छ ।
२०७६ साल असार १ गतेबाट नायब प्रमुख कार्यकारी पदबाट नेफ्स्कून प्रवेश गर्नुभएका पोखरेल २०७७ साउन १ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी पदमा कार्यरत हुनुहुन्थ्यो ।