सन्दीपको लोकप्रियता देखेर अमेरिकाले बोलाएरै दियो भिसा
मिडिया क्लब नेपाल । काठमाडौं
सुरुमा भिसा दिन अस्विकार गरेको नेपालस्थित अमेरिकी दुतावासले क्रिकेटर सन्दीप लामिछानेलाई पुनः बोलाएरै तीन घण्टामै भिसा प्रदान गरेको छ ।
मंगलबार बिहान सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि उनले लगत्तै ट्वीट गर्दै यसमा अचम्म लागेको बताएका थिए । सन्दीपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र दूतावासलाई मेन्सन गर्दै ट्वीट गरेपछि लगत्तै ‘रिभ्यू’ गर्न भन्दै दूतावासले बोलाएर भिसा दिएको हो ।
क्यारेबियन लिगमा खेल्नका लागि जान लागेका सन्दीप खेलअघि अमेरिका जान खोजेका थिए ।