१५ असार २०८१, शुक्रबार / Fri Jun 28, 2024

संकल्प स्वेक साकोसको २१ औ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः बद्रीप्रसाद सापकोटा


काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ७, कुन्तावेशीमा रहेको संकल्प स्वेक बचत तथा ऋण सहकारी संस्था लि.को २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष बद्री प्रसाद सापकोटाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभामा गत आ. व. २०७७/०७८ मा संस्थाले रू ६२,०९,४७,२५१ रूपैयाँ १४ पैसाको कारोबार बाट रू ५९,२०,६३४ रूपैयाँ ५९ पैसा खुद मुनाफा गर्न सफल भएको जानकारी गराईएको थियो ।
संस्थामा आबद्ध २१६७ जना शेयर सदस्यहरू बाट रू २,४३,६०,१००/- शेयर पुँजी, शेयर सदस्य र ६८३ जना बाल सदस्य बाट रू २२,२३,३४,३७९/- बचत संकलन गरिएको बताइएको छ । शेयर सदस्यहरूलाई रू १८,४६,७२,४५३/- रूपैंया ऋण लगानी भएको जानकारी पनि दिईएको थियो ।
साधारण सभामा अध्यक्षको मन्तव्य बद्री प्रसाद सापकोटा, वार्षिक प्रतिवेदन सचिव गणेश प्रसाद नेपाल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामचन्द्र श्रेष्ठ तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक लक्ष्मी सापकोटा पराजुलीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा आ.व. २०७७/०७८ मा अधिकतम शेयर खरिद कर्ता १ जना, उत्कृष्ट बचत कर्ता र उत्कृष्ट ऋणी २/२ जनालाई शेयर सदस्यलाई पुरस्कृत गरिएको थियो ।
२१ औ वार्षिक साधारण सभाबाट बद्री प्रसाद सापकोटाको नेतृत्वमा उपाध्यक्ष गणेश प्रसाद नेपाल (क), सचिव रामचद्र श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र प्रसाद सापकोटा सदस्यहरूमा प्रमोद बास्कोटा, भावना श्रेष्ठ, गिता नेपाल, गणेश प्रसाद नेपाल (ख), लक्ष्मी सापकोटा पराजुली, प्रकाश नेपाल र ईन्दिरा सापकोटा साथै लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुर्दशन नेपाल सदस्यहरूमा बिदुर नेपाल र दिलिप हमाल तथा ऋण उप-समिति सदस्यहरूमा कुमार श्रेष्ठ र भोला प्रसाद बजगाई निर्विरोध निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि