१४ असार २०८१, बिहिबार / Thu Jun 27, 2024

बुटवलमा पहिरो अवलोकन गर्न गएका मेयरमाथि ‘स्थानीयले हाने मुक्का’ (हेर्नुहोस विस्तृतमा)


बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीय एक युवाले आक्रमण गरेका छन् ।
लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकनमा लागि गएका मेयर सुवेदीलाई एक युवाले पहिरो पीडितलाई सरकारले केही नगरेको आरोप लगाउँदै मुक्का हानेका हुन् ।
यति लामो दिन आफूहरु विस्थापित हुँदा मेयर कहाँ थिए भनेर आक्रोश पोख्दै उनी मुक्का हान्न पुगेका थिए । उनीमाथि आक्रमण भएपछि तत्काल जनपथ र नगर प्रहरीले रोकेका थिए । इलाका प्रहरी कार्यालय बुटवल प्रहरी नायव उपरीक्षक मदन कुँवरले मेयरमाथि आक्रमण भन्दा पनि स्थानीय आक्रोशित हुँदै होहल्लामात्रै गरेको दावी गरे ।
आक्रमण गर्नेको परिचय खुलेको छैन । उक्त क्षेत्रमा पहिरोका कारण करिब दुई दर्जन घरपरिवार प्रभावित भएका छन् ।
आफूहरु विस्थापित हुँदा समेत सरकारले नहेरेको भन्दै स्थानीय आक्रोशित बन्दै मुक्का प्रहार नै भएपछि मेयर फर्किएका थिए । सो स्थानमा चुरे क्षेत्रबाट आउने पहिरोले समस्या पार्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि