२५ पुस २०८१, बिहिबार / Thu Jan 9, 2025

२१ निकायको काम एउटै कार्यालयबाट गर्ने गरी वैदेशिक व्यापारमा एकद्धार नीति ल्याइदै


मिडिया क्लब नेपाल, काठमाडौं । वैदेशिक व्यापार सहजिकरण गर्न अब एकद्धार नीतिमा जाने तयारी सरकारले गरेको छ । अन्तराष्ट्रिय व्यापार अहिले स्वीकृति, क्वारेन्टीन, स्वास्थ्य परीक्षणसहितको प्रक्रियाका कारण करिब तीन दर्जन निकाय र संस्थासँग जोडिन्छ ।

यसरी एउटै कामका लागि धेरै निकायमा जोडेन झण्झट गर्न एउटै निकाय स्थापनाको प्रवन्ध गर्न लागिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार वैदेशिक व्यापार सहिजकरणका लागि एकद्धार नीतिमा जाने प्रयास अनुसार २१ वटा निकायबाट हुने कामलाई अब एउटै निकायबाट गर्न सकिने व्यवस्था मिलाउन लागिएको छ ।

सोहीअनुसार कर्मचारी दरवन्दी स्थापनाको निर्णय भएको छ । ‘अन्तराष्ट्रिय व्यापारका लागि २१ वटा निकायबाट हुने गरेका कामको सहजिकरण गर्न एउटै कार्यालय स्थापनाको प्रवन्ध अगाडी बढेको छ,’ अर्थमन्त्री खतिवडाले भने ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि