१० बैशाख २०८३, बिहिबार / Thu Apr 23, 2026

कर्मचारीमा कोरोना संक्रमण भएपछि एभरेष्ट बैंकको प्रधान कार्यालय सिल


मिडिया क्लब नेपाल, काठमाडौं । एभरेष्ट बैंकको केन्द्रीय कार्यालय सिल गरिएको छ । कार्यालयमा कार्यरत २ जनामा कोरोना पोजिटिभ देखिएपछि बैंकको लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय सिल गरिएको हो ।

यद्यपि कोरोना परीक्षण पश्चात भने कार्यालय खुला हुने बैंकका एक अधिकारीले जानकारी दिए । उनका अनुसार २ दिनका लागि मात्रै बैंकको कार्यालय सिल गरिएको हो ।
‘२ जनाको रिपोर्ट पोजिटिभ आएपछि सिल गरिएको छ, अब २ दिन पूर्ण रुपमा सिल नै रहनेछ’ ती अधिकारीले भने, ‘सिल भएको अवधिभर हामी बाँकीको परीक्षण गर्छौ, कार्यालयलाई डिस्इन्फेक्सन गर्छौं, त्यसपछि हामी पुनः कार्यालय खोलेर सेवा दिनेछौं ।’
बैंकको प्रधान कार्यालयमा पछिल्लो समय बाहिरी जिल्लाबाट पनि केही शाखा प्रवन्धकहरु आएको र उनीहरु सबैको परीक्षण हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि