१३ असार २०८१, बुधबार / Wed Jun 26, 2024

एम्बाप्पेलाई कोरोना पुष्टि


मिडिया क्लब नेपाल, काठमाडौं । फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गत सोमबार गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ । कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन् । उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण नदेखिएको बताइएको छ ।
उनमा संक्रमण देखिएपछि युरोपियन नेसन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ । एमबाप्पेमा संक्रमण देखिएपछि लिग वानको सिजन पनि अन्यौलमा आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि