३ माघ २०८१, बिहिबार / Thu Jan 16, 2025

दशैंका लागि मुस्ताङबाट हिडे च्याङ्ग्रा


काठमाडौं । कोभिड–१९ का कारण तिब्बतबाट च्यांग्रा ल्याउन नपाएपछि दशैंमा मुस्ताङ्गे च्यांग्राको भाउ महंगिएको छ ।
एउटै च्यांग्राको भाउ प्रतिगोटामै ५ देखि ७ हजारसम्मले महंगिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय मुस्ताङले जनाएको छ । गत वर्ष किसानले २२ हजार प्रतिगोटामा बिक्री गरेको च्यांग्राको भाउ यसपटक २७ हजार भन्दामाथि पुगेको बताएको छ ।
मूल थलोमै महंगो भएपछि बजारमा च्यांग्राको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ । बिहीबारसम्म यसवर्ष मुस्ताङमा हुर्केका जम्मा ६ हजार च्यांग्रा बिक्रीका लागि पठाइएको छ ।
सामान्य अवस्थामा व्यापारीहरुले दशैंलाई लक्षित गर्दै तिब्बतबाट च्यांग्रा ल्याउने गरेकोमा यस वर्ष कोभिड–१९ कारण यस्तो हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि