कोरोना भाइरस नेपाल : आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने सङ्क्रमित बढ्दो
काठमाडौं । नेपालमा कोरोनाभाइरस सङ्क्रमण भई अस्पताल भर्ना हुने बिरामीको संख्या पछिल्ला दिनमा बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
नेपालमा पनि यूके भेरिअन्ट र डबल म्यूटन्ट भेरिअन्ट पुष्टि भइसकेको पृष्ठभूमिमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीव्र रूपमा बढ्न सक्ने संक्राामक रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद् बताउँछन् ।
गत चैत ३० गतेयताकै तथ्याङ्क हेर्दा अस्पताल पुगेकामध्ये आईसीयूमा भर्ना हुनुपर्ने र भेन्टिलेटरमा राख्नुपर्ने सङ्क्रमतिको संख्या उकालो लाग्दो देखिन्छ ।
मन्त्रालयका अनुसार गत चैत ३० गते ९२ (काठमाण्डू उपत्यकामा ४६) जना आईसीयूमा र १५ (काठमाण्डू उपत्यकामा १३) जना भेन्टिलेटरमा थिए ।
चैत ३१ गते ९७ (काठमाण्डू उपत्यकामा ३३) जना आईसीयूमा र २० (काठमाण्डू उपत्यकामा १३) जना भेन्टिलेटरमा थिए ।
वैशाख वैशाख १ गते ८० (काठमाण्डू उपत्यकामा ३३) जना आईसीयूमा र २५ (काठमाण्डू उपत्यकामा १६) जना भेन्टिलेटरमा राखिएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
वैशाख २ गते ९१ (काठमाण्डू उपत्यकामा २९) जना आईसीयूमा र ३५ (काठमाण्डू उपत्यकामा २२) जना भेन्टिलेटरमा थिए ।
त्यसैगरी वैशाख ३ गते १०० (काठमाण्डू उपत्यकामा ३५) जना आईसीयूमा र ३८ (काठमाण्डू उपत्यकामा २०) जना भेन्टिलेटरमा थिए भने वैशाख ४ गते ९४ (काठमाण्डू उपत्यकामा ३५) जना आईसीयूमा र ४५ (काठमाण्डू उपत्यकामा २५) जना भेन्टिलेटरमा रहेको देखिन्छ ।