नेपालको कोरोना महामारी नियन्त्रण बाहिर : डब्ल्यूएचओ र विज्ञ, महामारी नियन्त्रणमै छ : सरकार
काठमाडौं । कोभिड महामारीसँग जुध्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन् ।
तर सरकारी अधिकारीहरु आपतकालीन सहयोग आवश्यक रहेको भन्ने धारणा ‘डब्ल्यूएचओको मात्र भएको र नेपाल सरकारले अहिलेसम्म त्यस्तो नठानेको र सरकार व्यवस्थापन गर्न सक्ने अवस्थामै रहेको बताउँदै आएका छन् ।
नेपालमा हालको सङ्क्रमण दर र मृत्युदर तुलनात्मक रूपमा खराब नै छ ।
यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आपतकालीन अवस्थाको रूपमा कुनै विशेष सहयोग नलिईकन डब्ल्यूएचओबाट घटना पहिचान र त्यसलाई नियन्त्रणमा राख्न नेपाल कार्यालयबाट सामान्य सहयोगहरू मात्र लिइरहेको बताएका छन् ।